सुनको मूल्य फेरि बढ्दै, कति पुग्यो ?
बजारमा सुनको फेरि बढ्न थालेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँँ बढ्दै प्रतितोला ९१ हजार पुगेको छ ।
सुन हिजो प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्य कारोबार भएको महासङ्घले जनाएको छ ।
६ वैशाख २०७८, सोमवार ११:३७ बजे प्रकाशित













