punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

बैतडीमा हथौडा प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका – ३ सिलेगाडा बस्ने २२ वर्षीय नारायाण भुलले कलौन बस्ने १५ वर्षीय महेश भुलको टाउकोमा हथौडा प्रहार गरेको आरोप लागेको छ।

घटना शनिबार मध्यान्ह १२ बजेतिरको हो। मृतकको टाउकोमा चोट छ। घटनाबारे टेलिफोनबाट सूचना प्राप्त भएपछि खोंचलेक प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी गराए।


४ वैशाख २०७८, शनिवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु