Hotel Flora Long Ad

कर्णाली प्रदेशको अवस्था सुदूरपश्चिमसहित देशैभर दोहोरिन सक्छ : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले कर्णाली प्रदेशको जस्तो अवस्था सुदूरपश्चिमसहित देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशद्वारा शनिबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले कर्णालीको पछिल्लो राजनीतिक घटना प्रधानमन्त्री ओलीको कदमविरुद्ध भएको बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीप नमानी फ्लोर क्रस गरेर चार जना नेकपा एमालेका प्रदेश सभा सदस्यले विश्वासको मत दिनु कुनै गल्ती नभएको नेता रावलको भनाइ छ ।

‘पार्टीलाई एकढिक्का बनाउन, पार्टीको स्वाधिनता, एकतालाई मजबुत पार्न र पार्टीको अनुशासन, विधान नमान्ने विरुद्धमा दिएको मत मात्र भएको उनले बताए ।

‘कर्णाली प्रदेशमा प्रधानमन्त्री ओलीले केही समय पहिले नै प्रमुख सचेतकलाई हटाउन लगाएर विवादको बिउँ रोपेका थिए,’ नेता रावलले भने, ‘अहिले सो बिउँ उम्रियो र त्यसैले अहिले यस्तो फल दिएको हो ।’ उनले कर्णालीका नेताहरू आफ्नो स्वार्थ भन्दा पनि प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध एक भएको बताए ।

डा. रावलले ओली समूहले सुदूरपश्चिमबाट आफूसहित माधव समूहलाई हराउन खोज्नु सपना मात्रै भएको बताएका छन् । भर्खरै सकिएको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा पनि २५ जनामध्ये १८ जना माधव समूहमै रहेको उनले बताए ।


४ वैशाख २०७८, शनिवार १७:१४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु