धनगढीस्थित नाष्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीस्थित नाष्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उक्त कलेजको बीबीए छैठौं सेमेस्टरमा अध्ययरत एक विद्यार्थीमा संक्रमण पुष्टि भएको नास्ट कलेजका प्रमुख प्रेम चन्दले बताए ।

विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भइसकेपछि आइतबारबाट सुरु हुने स्नातह तहको परीक्षा एक हप्तासम्म अनलाइनबाट सञ्चालन गरिने क्याम्पस प्रशासनले जनाएको छ।

कक्षा ११ र १२ का कक्षाहरू भने नियमित सञ्चालन हुने जनाइएको छ । उनीहरुको भवन छुट्टै रहेकाले सुरक्षाका मापदण्ड अनुसार कक्षा सञ्चाल गरिने  क्याम्पस प्रमुख चन्दले बताए ।


३ वैशाख २०७८, शुक्रवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु