प्रम ओलीले भोलिलाई बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहानको लागि सर्बदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाईएको हो ।
भोलि (शनिवार) विहान ११ बजे सर्बदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको फोन आएको पुष्टि गरेका थिए । उनले के विषयमा कुरा भएको भन्ने खुलाएका थिएनन् ।
३ वैशाख २०७८, शुक्रवार १५:४० बजे प्रकाशित












