punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरमा हात्तीले घर भत्कायो

Chaupati
safha napa

टिकापुरमा हात्तीले एक घर भत्काएको छ । कैलालीको टीकापुर ५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको हो।

बुधबार राति टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताए ।बस्तीमा हात्ती पसेपछि स्थानीयवासीले रातभरि थाल, भाँडाकुँडा ठटाएर र आगो बालेर भगाएको वडाध्यक्ष डगौरा थारुले जनाएको छ ।

टीकापुर पार्कसँगै जोडिएका जङ्गल हुँदै हात्ती गाउँ पसेको हो । उनकाअनुसार पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको छ ।


२ वैशाख २०७८, बिहीवार १७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु