पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टिजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन्।
गत २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ।
गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ।
३१ चैत २०७७, मंगलवार १६:५९ बजे प्रकाशित












