सुदूरपश्चिममा ६९ नमूना परीक्षण : ५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ६९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका २,३, ५ का एक÷एक जना, कैलारी गाँउपालिका ७ का एक जना र कञ्चनपुरको भिमदत्त नगरपालिका ५ का एक जनामा कोरोना संक्रमण पुष्टि भएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराए।
यस्तैगरी अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू, एक जना भेन्टिलेर र एक जना आईसोलेशनमा राखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए ।
२८ चैत २०७७, शनिवार १७:४७ बजे प्रकाशित






























