punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको बनमा लागेको आगोले एक छानोसहित छ घर जलेर नष्ट

Chaupati
safha napa

बनमा लागेको आगोले जलेर ६ छाना र १ घर जलेर नष्ट भएका छन । बाजुराको बडिमालिका नगरपालिका– २ घागर नजिकै सल्लेना सामुदायिक अज्ञात समुहले सामुदायीक बनमा लगाएको आगोले स्थानीयका छनोसहित घर जलेर नष्ट भएका हुन ।

स्थानीयका अनुसार बडिमालिका नगरपालिका २ घागर नजिकै लागेको आग्लागीबाट लाखौँको क्षेती भएको छ । सामुदायीक बनमा लागेको आगोले बाजुराको बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना सामुदायिक वन, वडा नं २ को भेलालमाण्डौं सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वनमा लागेको आगोले ६ वटा छाना र १ घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन ।

स्थानीय लाल बहादुर कार्कीलका अनुसार स्थानीय मासे कार्की,हंश कार्की,मनरुप कार्की,लालसिंह कार्की, करे कार्की र लाल बहादुर कार्कीको एक घर र एक छानो गरि ७ घर जलेर पूणर्रूपमा नष्ट भएको छ ।

सदरमुकाम मार्तडी नजिकैका ४ वटा सामुदायिक वनमा एकैपटक आगलागि हुँदा पनी जिल्ला बन डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय भने मुखदर्सक बनेको स्थानीयले आरोप लगाएका हुन ।


२८ चैत २०७७, शनिवार १८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु