स्याउलेमा चक्काजाम भएको राजमार्ग सुचारु
कैलालीको स्याउलेमा चक्काजाम भएको राजमार्ग सुचारु भएको छ । बालकको मृत्यु पछि स्थानियले गरेको चक्काजाम राजमार्ग करिब ३ घण्टा पछि सुचारु भएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बन्दकर्ता र प्रहरीबिच बालकलाई ठक्कर दिने मोटरसाईकल र चालकको खोजी गर्ने सहमति भएपछि राजमार्ग सुचारी भएको छ ।
यसैबिच घटनाको देषि पत्ता लगाई कारवाहि गर्न दवाव दिन र पिडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन समिति गठन गरिएको प्रहरीले बताए ।
प्रहरीले ३ दिन भित्रमा दोषि पत्ता नलगाए थप आन्दोलनका कार्यक्रम गर्ने सघर्ष समितिका संयोजक कर्ण बोगटीले जनाएका छन । शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय प्रीन्स जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।
बालकको मृत्यु पछि स्थानियले ठक्कर दिने चालकको खोजि गर्न ढिलाई गरेको भन्दै राजमार्गमा चक्कजाम गरेका थिए । स्थानीयले ठक्कर दिने मोटरसाइकलको पहिचान गरिनुपर्ने माग राखेका थिए ।
२८ चैत २०७७, शनिवार १७:२९ बजे प्रकाशित






























