दशरथचन्द नगरपालिकाले आइसोलेसन सेन्टर बनाउने
दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार बैतडीको विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यो निर्णय गएको उनले जानकारी गराए ।
झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको उनले बताए ।
२८ चैत २०७७, शनिवार १३:३२ बजे प्रकाशित






























