punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा गण्डकीका पाँच जिल्लाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदबिन्दु शर्माले जानकारी दिए । त्यस्तै, बागलुङका १५, नवलपरासी पूर्वका २, म्याग्दी र पर्वतका १र१ जनामा कोरोना देखिएको छ । संक्रमण पुष्टि भएकाहरू १४ देखि ८१ वर्ष उमेर समूहका रहेका छन् ।

आज देखिएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएको उनले जानकारी दिए । सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइहरेको पनि उनले बताए । योसँगै बागमतीमा १ लाख ६ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


२६ चैत २०७७, बिहीवार १६:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु