प्रधानमन्त्रीलाई थापाको झटारो : ‘शिलान्यास मात्रै गर्ने रहर भए बालुवाटारका धेरै जग्गा खाली छ’
नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा काम भन्दा शिलान्यास र उद्घाटनमा रमाएको आरोप लगाएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रक्रिया प्राविधिक प्रक्रिया नपुर्याइकन विभिन्न आयोजनाहरुको शिलान्यास गरेको आरोप गरेका हुन । सांसद थापाले भने – ‘शिलान्यास र उद्घाटन गर्ने रहर भए बालुवाटारका धेरै जग्गाहरु खाली छ ।’
पूर्वमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा विकास निर्माणका कामले चामत्कारिक रुपमा काम गरेको भन्ने भनाईप्रति टिप्पणी गर्दै त्यसको आधिकारिकता देखाउन चूनौति दिए ।
२६ चैत २०७७, बिहीवार १५:२७ बजे प्रकाशित






























