punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी छाडेर एमालेमा लागेका ४ मन्त्रीको सांसद पद रिक्त

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा लागेका चार मन्त्रीको सांसद पद रिक्त भएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले संघीय संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाएपछि चार सांसदको पद गुमेको हो । सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको भनी माओवादीले पठाएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसदले दल त्याग गरेको सूचना संसद बैठकमा पेश गरेपछि पद रिक्त हुन्छ । सांसद नभएपछि चारैजनाको मन्त्री पद समेत धरापमा पर्ने देखिन्छ । संसद् सदस्य नरहेको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । त्यसका लागि शुरूमा मन्त्रीबाट राजीनामा दिएर पुन: नियुक्ति लिनुपर्ने हुन्छ ।


२६ चैत २०७७, बिहीवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु