punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेतिर लागेका सांसदलाई पार्टीमा फर्काउन माओवादी केन्द्रले पत्र पठाउने

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेका सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक रुपमा पत्र पठाउने भएको छ ।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले एमालेतिर लागेका आफ्ना नेता तथा सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने निर्णय गरेको छ ।

यसअघि शनिबार माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउनुका साथै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टाको समय वितिसक्दासमेत उनीहरू पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले औपचारिक पत्र पठाउने निर्णय गरेको उनले बताए ।

अहिले ओली सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभू साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दाबा लामा माओवादी खेमाका नेताहरु हुन् ।

सर्वोच्चो अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका गरी १३ सांसद एमालेतिर लागेका छन् ।


१ चैत २०७७, आइतवार १७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु