punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण भएका छन् । यस्तैगरी आइतबार ७७ जना कोरोना संक्रमतबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभर निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पीसीआर परीक्षण भएका छन् । देशभर कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।


१ चैत २०७७, आइतवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु