कञ्चनपुरका कृषकहरुलाई तीन महिने बेमौसमी तरकारी खेती तालिम

कञ्चनपुरमा युरोपियन यूनियनको आर्थिक सहयोगमा कृषकहरुलाई ३ महिने बेमौसमी तरकारी खेती तालिम सञ्चालन भएको छ ।

युरोपियन यूनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा राष्ट्रिय वातारण तथा सम विकास समाज निड्स नेपालले बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप ( दक्षता ) परियोजना अन्तर्गत कृषकहरुलाई उक्त तालिम सञ्चालन भएको हो ।

जिल्लाको पुनर्वास नगरपालिका – १० का २० जना कृषकहरु तालिममा सहभागी रहेको र कृषि उत्पादन तथा व्यवसाय वृद्धिमा उनीहरुलाई मद्दत पुगोस् भन्ने हेतुले तालिम सञ्चालन गर्न लागिएको बताए ।

निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीका अनुसार तालिममा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली र बझाङ्ग गरी तीन जिल्लामा सञ्चालन भइरहेका छन ।


१ चैत २०७७, आइतवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु