Alok

घाँस काट्न गएकी ८ वर्षीया बालिका बलात्कृत, वृद्ध पक्राउ

मोरङको रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारको आरोपमा स्थानीय ६६ वर्षीय फौदिलाल मुखियालाई पक्राउ गरेको हो । बलात्कृत बालिका सुस्त मनस्थितिको रहेको जिल्ला प्रहरी मोरङले जनाएको छ । मुखियाले शुक्रबार घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

स्थानीयकाअनुसार बालिका शुक्रबार आफ्नी बहिनीहरुसँग बारीमा घाँस काट्न गएको बेला मुखिया पनि बाँस काट्न गएका थिए । साँझ घरमा आएपछि दुई जना बहिनीले आमालाई जानकारी गराएपछि घटना बाहिरिएको हो ।

प्रहरीले उनीविरुद्ध जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गराइ अनुसन्धान सुरु गरेको जनाएको छ । सुस्त मनस्थितिकी पीडित बालिकाको उक्त घटनाले झन् मानसिक समस्या थपिएको राईले बताए ।


१ चैत २०७७, आइतवार १६:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु