punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभरमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार १७८ जनामा पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरी थप ७२ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार २४९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छन् ।

हाल देशभरमा ९१५ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् । नेपालमा २२ लाख १२ हजार ७९६ वटा पीसीआर गरिएको मन्त्रालयले बताएको छ ।


२९ फागुन २०७७, शनिवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु