punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईई : चैत १२ भित्र परीक्षा केन्द्र सिफारिस गरिने

Chaupati
safha napa

परीक्षा नियन्त्रण कार्यालय (पनिका)सानोठिमी भक्तपुरले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र सिफारिस गर्न देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्तसहित परिपत्र गरेको छ ।

पनिकाको सर्तअनुसार परीक्षा केन्द्र सम्भव भएसम्म अघिल्लो वर्षको तुलनामा नबढ्ने गरी सिफारिस गर्नुपर्नेछ । समन्वय इकाइले १२ चैतभित्र जिल्लाभर कायम हुने परीक्षा केन्द्र सिफारिस गरी पनिकामा पठाउनुपर्नेछ ।

परीक्षा सञ्चालनका लागि समन्वय इकाइले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा राखिएको एक्सल फरम्याटअनुसार परीक्षा केन्द्र र सो केन्द्रअन्तर्गत रहने विद्यालयको नाम (कोड) समेत संलग्न राखी पठाउनुपर्ने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताए।

परीक्षार्थी संख्या बढ्न गई केन्द्र बढाउनुपर्ने अवस्था भए सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसँग समन्वय गरी निकासमा पुग्नसमेत पनिकाले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

पनिकाले प्राविधिक धार तथा ग्रेड वृद्धितर्फका परीक्षार्थीको परीक्षा केन्द्र जिल्ला सदरमुकाम वा जिल्लाका सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा कायम गर्नसमेत समन्वय इकाइको ध्यानाकृष्ट गराएको छ ।


२९ फागुन २०७७, शनिवार १७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु