punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो डोजका लागि कोरोनाविरुद्धको खोप नपुग्ने सम्भावना

Chaupati
safha napa

सरकारले लगाइरहेको कोरोनाविरुद्धको खोप दोश्रो डोजका लागि नपुग्ने सम्भावना बढेको छ ।

प्राप्त २३ लाख ४८ हजार मात्रा खोपमध्ये बाँकी रहेको ९ लाख ४० हजार खोप यसअघि लगाइसकेकालाई दोश्रो मात्रा नपुग्ने भएको हो ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप, सरकारले खरिद गरेको १० लाख र कोभ्याक्स अन्तर्गत प्राप्त ३ लाख ४८ हजार मात्रा खोपबाट पहिलो र दोश्रो चरणमा गरेर आजसम्म १४ लाख ८ हजार बढीलाई खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

दोश्रो चरणमा मात्र १८ लाखलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले सरकारले भारतको सिरम इस्टिच्युटसंग खरिद गरेको बाँकी १० लाख डोज खोप केही दिनमै नेपाल भित्रिने दाबी गरे ।

उक्त खोप उपलब्ध नभए दोश्रो डोजको खोप लगाउने व्यक्तिले खोप लगाउन समेत समस्या हुनेछ ।

६५ वर्षमाथिका जेष्ठ नागरिकका लागि जारीे अभियान चैत्र ३ गतेसम्म चल्नेछ । दोश्रो चरणको खोप अभियान सकिएपछि दोश्रो डोजको खोप लगाउन शुरु गर्ने सरकारको तयारी छ ।

सार्कका श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानको तुलनामा नेपालमा बढी मात्रामा खोप लगाइएको सरकारको दाबी छ ।


२९ फागुन २०७७, शनिवार ०८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु