छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बझाङमा बुवा पक्राउ
बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
१३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको भन्दै बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।
उनीविरूद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२८ फागुन २०७७, शुक्रवार १७:३९ बजे प्रकाशित






























