मोटरसाइकल दुर्घटना हुँदा अत्तरियामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कैलालीको अत्तरियामा एक जनाको मृत्यु भएको छ ।

गएराति गोदावरी नगरपालिकाको वडा नम्बर १ मा से ३ प ३१०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाई बस्ने आन्दाजी २२ वर्षीय जगत चौधरीको मृत भएको हो ।

अत्तरियाबाट धनगढी जाने क्रममा मोटरसाइकल आफै अनियन्त्रित हुदाँ गम्भिर घाईते भएका चौधरीलाई उपचारका लागि पदमा अस्पतालमा ल्याईएको थियो ।

पद्मा अस्पतलामा सामान्य उपचारपछि धनगढीको सेती प्रादेशिक अस्पतलमा पठाएकोमा उनको सेती अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।


२२ फागुन २०७७, शनिवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु