punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लोपोन्मुख सालक कैलालीमा भेटियो

Chaupati
safha napa

कैलालीमा लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक भेटिएको छ। शुक्रबार राति घोडाघोडी नगरपालिका–५ डोडा नदी छेउमा लोपोन्मुख सालक भेटियो हो।

नदीबाट गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई भेटिएको थियो । सालक फेला परेको सूचनापछि शुक्रवार राति नै वनकर्मीको टोलीले सालकको उद्धार गरेको सव डिभिजन वन कार्यालय सुखडले जानकारी दिएको छ।

झण्डै १६ किलो तौल र १४ इन्च लम्बाई रहेको उक्त सालकलाई सव डिभिजन वन कार्यालय सुखडमा राखिएको डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले जानकारी दिए।

सालकलाई प्राकृतिक वासस्थानान छाड्ने तयारी भइरहेको उनले बताए।
किसानको साथी भनेर चिनिने सालक प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ।

यसका शरीरमा ठूलठूला कत्लाले ढाकेको र खबटामुनि पहेँलो जगर जस्ता रौँ उम्रेका हुन्छन्। पुच्छरको सहायताले रुखको हाँगामा झुण्डिने यो जनावर खतरा महसुस भएमा त्यसबाट जोगिन डल्लो पर्ने संरक्षण विद्को भनाइ छ।


२२ फागुन २०७७, शनिवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु