कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात,
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको छ । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि सहयोगी पाण्डेले बताए । अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ ।
१४ फागुन २०७७, शुक्रवार १०:५४ बजे प्रकाशित































