व्यास गाउपालीकाले लोकसेवा तयारी कक्षा सुरु गर्ने
दार्चुलाको ब्यास गाउँपालिकाले लोक सेवा तयारी कक्षा सुरु गर्ने भएको छ।
जिल्लाको गाउँपालिकाका शैक्षिक बेरोजगारीहरुको लागि गाउँपालिकामै लोक सेवा आयोगको तयारी कक्षा सुरु गर्ने भएको हो। गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीका अनुसार अध्ययनकै क्रममा रहेका तथा अध्ययन सकेर आयोगको तयारीमा बसेको विद्यार्थीको लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको छ ।
आयोगको कक्षा सञ्चालनको लागि गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष दिलिपसिह बुढाथोकी जानकारी गराए ।
१२ फागुन २०७७, बुधवार ०९:२१ बजे प्रकाशित






























