punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानाध्यापकको कुटाईबाट छात्रा घाइते

Chaupati
safha napa

कञ्चनपुरमा प्रधानाध्यापकको कुटाईबाट एक छात्रा घाइते भएकी छन्।

जिल्लाको भीमदत्त नगरपालिका ९ मटैनाको बैजनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई कुटपिट गरेपछि उनी बेहोस भएकी थिइन्। अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

छात्रामाथि कुटपिट गर्ने प्रध्यानाध्यापक बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराए।


११ फागुन २०७७, मंगलवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु