punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्याको अभियोगमा पक्राउ परेका दिनेशको आज म्याद थप गरिदै

Chaupati
safha napa

बलत्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्टको म्याद थप गरिने लागेको छ ।

गएको फागुन ४ गते पक्राउ परेको भट्टमाथि अनुसन्धान गर्न अदालतले दिएको ५ दिनको म्याद सकिएपछि थप अनुसन्धानका लागि आज म्याद थप गरिन लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाकारी दिएको हो । अदालतले दिएको ५ दिनको म्याद आईतबार सकिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार अभियुक्त भट्टमाथि अनुसन्धान नसकिएकाले आज अदालतवाट म्याद थप गरिने छ । दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी भागरथी गत माघ २१ गते बिधालयवाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् ।

बिधालय गएकि छोरी साझाँ सम्म पनि घरमा नफर्किपछि परिवारका सदस्यहरुले खोजी गर्दा दोस्रो दिन हत्या गरिएको अबस्थमा भागरथीको शव जंगलमा भेटिएको थिए ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे ।


१० फागुन २०७७, सोमवार १४:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु