punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भागरथीको बलत्कार पनि आफुले नै गरेको स्वीकारे दिनेशले

Chaupati
safha napa

बैतडी दोगडाकेदार ७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले बलात्कार समेत गरेको स्वीकारेका छन् । यस अघि प्रहरीको बयानमा भने उनले हत्या मात्र गरेको बताएका थिए ।

नातामा भागरथीको भाइ पर्ने १६ बर्षिय किशोर दिनेश भट्टले आफुले पारिवारिक बदला लिन किशोरीको बलात्कार र हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ । बिहीबार सरकारी वकिलले किशोरका आफन्तका सामु लिएको बयानका क्रममा उनले आफूले भागरथीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् ।

अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् । स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको बताएका छन् ।

बयानका क्रममा दिनेशले दिएको जानकारीका आधारमा घट्नास्थलमा सबै प्रमाणहरु भनेकै ठाउँमा फेला परेका छन् । किशोरले प्रहरीलाई दिएको जानकारीका आधारमा घट्नास्थलबाट भागरथीको मोवाईल र घडी समेत उनले भनेकै स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतले बताएअनुसार किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।

आफ्नो भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान भट्टको छ ।


६ फागुन २०७७, बिहीवार २१:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु