पुस्तकमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापाको जीवन यात्रा

पुस्तकको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्त र मुख्यमन्त्री त्रिलोचन भट्टले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । ‘तीर्थ प्रसादको जीवन यात्रा’ नाम दिएको उक्त पुस्तकमा थापाको जन्मदेखि हालसम्म भएको संघर्षका कथाहरु समेटिएको टिप्पणी कर्ता तथा साहित्यकार रामलाल जोशीले बताए ।

‘सभामुख अर्जुनबहादुर थापाद्वारा लिखित पुस्तकमा उहाँले आफ्नो जीवनमा भोगेका र गरेका कामको व्याख्या गर्नुभएको छ’, साहित्यकार जोशीले भने, ‘यस पुस्तक धेरैको लागि प्रेरणा बन्न सक्छ । सुदूरपश्चिमको रहनसहन, जनताको चाहना, सोच, कला, संस्कृति, शैक्षिक र राजनीतिक जागरण लगायतका कुराहरु यसमा समेटिएका छन् ।’

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ मा बुवा जंगबहादुर थापा र आमा राईकोशा थापाको चौथो सन्तानका रुपमा २०१० सालमा जन्मिएका अर्जुनले सुदूरपश्चिमको झल्को दिने गरी पुस्तकमा अनुभुति उल्लेख गरेका छन् ।

थापाले पुस्तकले भावी पुस्तालाई आफ्नो जन्मथलो, कर्मथलोको विषयमा कलम चलाउन प्रेरित गर्ने बताए । ‘२०७१ सालदेखि फुर्सदमा किताब लेख्न सुरु गरेको हो’, उनले भने ।

 


७ फागुन २०७७, शुक्रवार ०९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु