भागरथी घटना : परिवारले बुझेन अझै शव हत्यारा दिनेश भए बलत्कारी को ?
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनकै भाइ नाता पर्ने एक किशोरलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत चडेपानीका अन्दाजी १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीका अनुसार विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न प्रहरी सफल भएको बनाइ छ ।
“अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको छ”, सुवेदीले भने, “आरोपितको बारम्बारको बयान बाझिएको र उनले गरेको गतिविधिले घटनामा उनको संलग्नता पुष्टि भएको छ ।” उनका अनुसार शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।
भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख छ तर दिनेशले भने आफूले बलात्कार नगरेको बयानका क्रममा बताइएको छ । प्रहरीले पनि हत्या हो वा बलात्कारपछि हत्या भएको खुल्न नसकेको जनाएको छ । अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न नमिल्ने डिआइजी सुवेदी भन्छ्न । भागरथीको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।
भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको प्रहरीलाई बयान दिएका छ्न । आफ्नो भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान भट्टको बयान छ । पुरानो घरायसी रिसिइबीका कारण आफूले भागरथीको हत्या गरेको भट्टले प्रहरी समक्ष स्वीकार गरेका छ्न ।
कर्तव्य ज्यान र बलात्कारसम्बन्धी जाहेरी दर्ता तर विस्वास छैन परिवारलाई कि दिनेश एक्लैले भागरथीको हत्या गर्यो
मृतक भागरथीका दाजु शङ्कर भट्टले हिजो नै दिनेश विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेका छ्न । प्रहरीले दिनेशलाई नै अपराधी हो भनेर पक्राउ गरेपछि आफूले जाहेरी दिएको शङ्करको भनाइ छ । तर दिनेश एक्लैले त्यतिसम्म गर्यो होला भन्ने विश्वास छैन उनलाइ प्रहरीले अपराधी त्यही हो भनेपछि आफुले जाहेरी दिएका उनले बताए ।
आफन्तको प्रश्न हत्यारा दिनेश हो भने बलत्कारी को ?
प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेको दिनेशले भागरथीको हत्यामात्र गरेको बयान छ । तर पोस्टमार्टम रिपोर्ट अनुसार बलात्कार पछि हत्या उल्लेख छ । यति बेला भागरथीका आफन्तको एउटै प्रश्न छ बलत्कारी को ? आफुहरुलाई दिनेश एक्लैले भागरथीलाइ त्यस्तो गर्न नसक्ने दाबी छ । उनीहरु बलत्कारी पत्ता नलाग्दा सम्म भागरथीको शव नबुझ्ने अडानमा छ्न । उनको शव जिल्ला अस्पताल बैतडीमै छ । अपराधी भनेर प्रहरीले सार्वजनिक गरेको दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ ।
“दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ ,त्यसो भए बलत्कारी को हो कहाँ छ ? ” भागरथीका काका शिवराज भट्ट प्रश्न गर्छ्न ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र र वीभत्स अवस्थामा शव फेला परेको थियो ।
६ फागुन २०७७, बिहीवार ०९:२२ बजे प्रकाशित






























