punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ पत्रकार लोग्शरी कुँवरसहित तीन जनालाई

Chaupati
safha napa

यस वर्षको ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ तीनजना क्रियाशील पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा पत्रकार लोग्शरी कुँवर, गणेश लम्साल र कमला पाख्रिन रहेका छन् ।

नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनका अवसरमा फागुन ५ गते काठमाडौंमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार र आलेख प्रकाशन÷प्रसारण गरी पत्रकारिता गरिरहेका पत्रकारलाई यो पुरस्कार प्रदान गरिदै आएको नेपाल पत्रकार महासंघले जनाएको छ । पुरस्कारको राशि जनही ४० हजार रहेको छ ।

यस्तै यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।
त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई तथा ‘कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु जनही ५० हजार छ ।

त्यसैगरी ‘उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार छ । जनही रु दश हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ रामभगत शाह र मुना हमाललाई प्रदान गरिएको छ ।

‘श्रीमती रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु दश हजार १११ छ ।

महासङ्घले यस वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ महासङ्घका कर्मचारी सुुुस्मिता भेटवाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दश हजार छ । पत्रकार ईश्वरी बराल, भगवती थापा र फातिमा बानुलगायत ३७ पत्रकारलाई ‘कोरोना सङ्क्रमण विपद् पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।

‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकारिता’ भन्ने मूल नारासहित शुरु भएको महाधिवेशनको बन्दसत्रमा नेपालको पत्रकारिता, पत्रकारको पेशागत हक, पत्रकारसँग सम्बन्धित ऐन÷कानून र पत्रकारिता क्षेत्रले राष्ट्रलाई पु¥याउन सक्ने योगदानबारे छलफल हुने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

पत्रकारलाई सङ्गठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासङ्घमा पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र गरी करीब १३ हजार पत्रकार आबद्ध छन् ।


५ फागुन २०७७, बुधवार २३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु