दार्चुलामा महाशिवरात्रीको अवसरमा खुल्ला क्रिकेट प्रतियोगिता
दार्चुला जिल्लामा महाशिवरात्रीको अवसरमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता यही फागुन १३ गतेबाट १५ गतेसम्म सञ्चालन हुने आयोजक समितीले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५ सय ५५, दोस्रो हुने टिमले ११ हजार १ सय ११ नगदसहित मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ ।
५ फागुन २०७७, बुधवार १७:२० बजे प्रकाशित






























