punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा पुलबाट चिप्लिएर ४ जना घाइते

Chaupati
safha napa

बझाङमा पुलबाट चिप्लिएर ४ जना घाइते भएका छन्।

बाराको सिमरा जितपुर नगरपालिका–११ का २० वर्षीय उदय चौधरी, सोही ठाउँका २४ वर्षीय देवानन्द चौधरी, जितपुर नगरपालिका–१३ का २४ वर्षीय बसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ का २१ वर्षीय दैनिक चौधरी घाइते भएका हुन ।

मंगलबार बझाङको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेती पारिका अन्य गाउँपालिकालाई जोड्न निर्माण भइरहेको पानकोटको मोटरेबल पुलको लागि प्रयोग हुने चेन तथा अन्य कच्चा पदार्थ ओसार्ने क्रममा उनीहरु चिप्लिएर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

देवानन्द र बसन्तको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगढी रेफर गरिएको र अन्य दुईजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले जानकारी गराए ।


५ फागुन २०७७, बुधवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु