punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सृष्टि सावित्राका उत्कृष्ट तीन गजल

Chaupati
safha napa

बेखबर भएर नबस्नु प्रिय खबर पठाउनु
म एक्लो छु तिम्रो याद सकभर पठाउनु

तिमीले दिएको उपहार केही छैन मसंग
सक्छौ भने उपहारमा जहर पठाउनु

मलाई रातो गुलाफ नदिएकै जाति लाग्छ
मैले सपना रेट्नु छ खन्जर पठाउनु

खडेरीले सुकेका छन् कलिला मुनाहरु
सिँचाइ गर्न आँशुको सागर पठाउनु

मुख थुन्नु छ मैले कुरा काट्नेहरुको
मेरो नाममा जोडेर तिम्रो थर पठाउनु

 

 

दुनियाँ बिर्सन्छु भन्नेले मलाई नै बिर्सेर गयो
यस्तो लाग्छ मैले लाएको लगानी खेर गयो

तपाईंले कसरी भन्नू भयो ऊ झुटो बोल्दैन
अरे यार मलाई आफ्नै मनले ढाँटेर गयो

जसलाई बैसाखी बनेर साहारा दिएकी थिएँ
आज उहीँ मान्छेले यो छाती टेकेर गयो

म यति मूर्ख भएर जंगलको सुगा पालेँ
पखेटा लागेपछि आखिर उडेर गयो

एक तिमी हौँ अभिनयमा आँसु झार्ने मान्छे
जब कि स्वयम् सृष्टि समेत हारेर गयो

 

 

हेराई फरक लाग्छ अचेल बुझाइ फरक लाग्छ
बा–आमा एउटै फेरि दाजुभाई फरक लाग्छ

हिमाल बन्न सक्दैन उच्च हुँदैमा हरेक ठाउँ
तिम्रो र सगरमाथाको उचाई फरक लाग्छ

तिमी जबर्जस्ती रुन्छौ म जबर्जस्ती हाँस्छु
त्यसर्थ पनि तिम्रो मेरो रुवाई फरक लाग्छ

मलाई कुनै पाठशालाले सिकाएन यस्तो
जिन्दगीले सिकाएको सिकाई फरक लाग्छ

तिमी तर्कितर्कि जान्छौ म फर्किफर्कि हेर्छु
हिजोआज आँखा हरुको जुधाइ फरक लाग्छ

सृष्टि सावित्रा
सुन्दर हरैचा, मोरङ्ग


२४ माघ २०७७, शनिवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु