नेपालमा थप १५९ जनामा कोरोना संक्रमण, आज मृत्यु शून्य

नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २६४ संक्रमित कोनामुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा सोमबार कोभिडका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण हाल सम्म २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइसोलेसनमा छन् भने ९७ जना क्‍वारेन्टाइनमा छन् ।

 


१९ माघ २०७७, सोमवार १६:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु