नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी क्रिकेट श्रृंखला स्थगित

आगामी फेब्रुअरीमा नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ ।

कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म क्रिकेट श्रृंखलाको मिति तोकिएको थियो । कोरोना भाइरसको संक्रमण बढिरहेको कतारमा त्यसको सावधानी स्वरुप श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

कतारले प्रतियोगिता स्थगित गरेपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित भएको जनाएको छ । श्रृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भनिएको थियो ।


१९ माघ २०७७, सोमवार १६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु