धनगढीका सञ्जय राना हातहतियार खरखजना मुद्धामा दोषी ठहर
धनगढीका सञ्जय राना हातहतियार खरखजना मुद्धामा दोषी ठहर भएका छन्। कैलाली जिल्ला अदालतका न्यायाधिस खेमराज भट्टको ईजलासले उनलाई दोषी ठहर गरेको हो।
उनलाई डेढ वर्ष कैद र १५ हजार जरिवानाको फैसला सुनाइएको छ। हातहतियार खरखजना मुद्धामा दोषी ठहरिएका रानालाई ठगी र कागजात किर्ते मुद्धामा भने सफाई पाइएको छ।
गत वर्ष भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट चार थान पेस्तोलसहित धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मटियारीका सञ्जय राना र सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिकले सफाई पाएका छन् भने, अधिकारीलाई ठगी र किर्तेमा दोषी ठहर गरिएको छ। उनीहरुबाट प्रहरीले चार थान पेस्तोल, सुन, तमसुक, राष्ट्र बैंकका नक्कली कागजात, विभिन्न व्यक्तिका नाममा काटिएका र खाली गरि ५७ वटा चेक र विभिन्न कार्यालयका छाप समेत बरामद गरेको थियो ।
१६ माघ २०७७, शुक्रवार १५:२१ बजे प्रकाशित






























