ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
पूर्वी नवलपरासीको दाउन्ने बजारमा बुधबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनपुर एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशातफै जाँदै गरेको से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तरुण दल कञ्चनपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष रमेश अर्याल मृत्यु भएको हो ।
कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका ३३ वर्षीय अर्यालको सडक दुर्घटनामा मृत्यु भएको हो ।
१५ माघ २०७७, बिहीवार १३:०७ बजे प्रकाशित






























