विष सेवनबाट दुई छोरी र आमाको मृत्यु
विष सेवनबाट नवलपरासीमा दुई जना छोरी र आमाको मृत्यु भएको छ । जिल्लाको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरी र उनका १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको हा ।
रातीसँगै सुतेका बेला आफूसँगै चौधरीले छोरीहरुलाई समेत विष खुवाएकी थिइन् । उनीहरु तीनै जनाको उपचारका क्रममा विहीबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष सेवन गरेपछि उनीहरु चिच्याएको आवाज सुनेर स्थानीयले अस्पताल पुर्याएका थिए । मृतक चौधरीका श्रीमान वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
१५ माघ २०७७, बिहीवार १३:२४ बजे प्रकाशित






























