बसलाई विङ्गरले ठक्कर दिदाँ कञ्चनपुरमा ८ जना घाइते
बसलाई विङ्गरले ठक्कर दिदाँ कञ्चनपुरमा ८ जना घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्गको शुक्लाफाटा नगरपालिका वडा नम्वर ११ कलुवापुर नजिकै काठमाण्डौँवाट महेन्द्रनगर तर्फ जाँदै गईरहेको ना ७ ख ५९४८ नम्बरको बसलाई सोही दिशाबाट गईरहेको सु.प.प्र ०२००१ ज ३८६ नम्वरको विङ्गरले पछाडीवाट ठक्कर दिदाँ ८ जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाका अनुसार गोदावरी नगरपालिका वडा नम्बर २ वस्ने चिरिन्जीवी तिवारी, कृष्णपुर नगरपालिका वडा नम्बर ६ गुलरियाका ललित खड्का, जनकराज भट्ट, मोहन पन्त, पुष्पराज भट्ट घाइते भएका छन्।
त्यस्तै, स्याङ्गजाको पुतली वजार नगरपालिका १० का गिर बहादुर गुरुङ्ग, सहिद लखन गाउपालिका २ का झमन बहादुर थापा र सर्लाहीको हरीपुर नगरपालिका २ का राजेश कुमार सिंह रहेको प्रवत्ता थापाले जानकारी गराए। घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रवत्ता थापाले बताए ।
१५ माघ २०७७, बिहीवार १२:४५ बजे प्रकाशित






























