punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभरका १ सय २५ बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव

Chaupati
safha napa

देशभरका १ सय २५ भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका सहित पर्साको वीरगन्ज महानगरपालिका, दाङका तुलसीपुर र घोराही, बाराका कलैया र जितपुर सिमर प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नभएपछि अहिले निमित्तकै भरमा चलिरहेका छन् । लोकसेवा आयोग पास गरेर आउनेलाई पहिलो प्राथमिकतामा राखी स्थानीय तहमा पठाउने तयारी रहेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनप्रतिनिधिलाई मनपरी गर्न सहज भइरहेको उनले बताए । स्थानीय तहकै पुराना कर्मचारीलाई निमित्त राखेर उनीहरूले आफूअनुकूल खर्च गर्ने गरेका छन् ।

प्रवक्ता अधिकारीले संघबाट गएका कर्मचारीलाई हाजिर नगराउने, धम्क्याउने स्थानीय तहको अनुदान तथा सुविधा कटौती गर्ने नीति सरकारले लिएको जनकारी गराए ।

कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले संघमा थुपारेर राखेका कर्मचारी स्थानीय तहमा पठाउनुपर्ने बताए । उनले सिस्टम बनाएर स्थानीय तहमा कर्मचारी पठाउने तर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

 


१५ माघ २०७७, बिहीवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु