अपाङ्गता भएका व्याक्तिलाई कम्बल वितरण

कैलालीको गोदावरी नगरपालिका – १० मा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । वडा नम्बर १० ले उपभोक्ता समिति मार्फत कम्बल खरिद गरी ५० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिको लागि सामान खरिद उपभोक्ता समितिका अध्यक्ष नन्दु कोलीको अध्यक्षतामा भएको कम्बल वितरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु.) रहेका थिए ।

सामान खरिद उपभोक्ता समितिका सचिव अर्जुन सुनारले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन समितिका सदस्य प्रेम बोगटीले गरेका थिए ।


१४ माघ २०७७, बुधवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु