punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ को नतिजा यही साता भित्रै सार्वजनिक हुने

Chaupati
safha napa

कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए ।

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो ।

नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए ।

१७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

 


१२ माघ २०७७, सोमवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु