कांग्रेस र नेकपा निकट युवाबीच झडप, प्रहरीद्वारा हवाई फायर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडी बजारमा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीच विवाद हुँदा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।

सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुबकुमार श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठले स्थानिय काँग्रेस र नेकपा निकट युवाहरुबीच पहिले देखिनै विभिन्न विषयमा विवाद हुँदै आएको उनले जानकारी गरायो । उक्त विवाद प्रहरीसम्म आएपछि मिलाउन खोज्दा नेकपाका केही केही युवाहरुले चौकीमै ढुंगामुढा गरेको उनले बताए । झडपलाई नियन्त्रणमा लिन पनि हवाई फायर गर्नुपर्‍योको उनले बताए ।’

पहिले पनि जिल्ला स्तरीय नेताहरुलाई राखेर दुई समूहको विवाद मिलाउने प्रयास गरेका थियौं, फेरि यसपटक विवाद भयो । अब जिल्लामै बोलाएर फेरि छलफल गर्ने श्रेष्ठले बताए।

नेकपा प्रचण्ड–माधव समूह निकट आठविकासकोट नगरपालिका वडा नम्बर वडा नम्बर २ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर वडा नम्बर ९ का काँग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले जानकारी गराए ।

अहिले अवस्था नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी गराए।

झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएको उनले बताए । उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए।

घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।


६ माघ २०७७, मंगलवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु