punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मध्यावधि निर्वाचनका लागि प्रहरीले माग्यो १२ अर्ब

Chaupati
safha napa

नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो ।

मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताएअनुसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरिएको छ भने साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने प्रहरी प्रधान कार्यालय, नक्सालको अनुमान छ ।

साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ । मन्त्रालयका अनुसार प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको छ ।सञ्चार सेटसमेत अपर्याप्त रहेको भनिएको छ ।

अदालतको आदेश पर्खाइ

सरकारले वैशाखका लागि घोषणा गरेको मध्यावधि निर्वाचन हुन्छरहुँदैन भन्ने अन्यौलताका बीच सुरक्षा निकायले निर्वाचनको तयारी गरिरहेको छ । यद्यपि, म्यादी प्रहरी भर्ना जस्ता कार्यका लागि भने सर्वोच्च अदालतको आदेश कुरिरहेको छ ।

म्यादी भर्ना गरिसकेपछि संसद् पुनर्स्थापनाको आदेश भए स्रोतसाधन खेर जाने भएकाले प्रहरीले आदेश कुरेको हो । हाल संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्धको रिटमाथि अदालतमा सुनुवाई भइरहेको छ ।

त्यसो त प्रहरीले आन्तरिक गृहकार्य सकेर गृह मन्त्रालयमा रिपोर्ट बुझाइसकेको छ । त्यसमा एक लाख म्यादी प्रहरी आसन्न निर्वाचनका लागि चाहिने भनिएको छ । विगतको जस्तै ११ हजार मतदान केन्द्र राख्दा प्रहरीले यो अनुमान गरेको हो । यद्यपि, केन्द्रको संवेदनशीलताका आधारमा संख्या थपघट हुनसक्ने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रतिनिधिसभाको निर्वाचनमा प्रहरीले मतदान स्थललाई चार प्रकारमा विभाजन गरेर सुरक्षा प्रबन्ध मिलाएको थियो । यसपटक मध्यावधि निर्वाचन भए त्यही नीति अख्तियार गर्ने प्रहरी तयारी छ ।

तर, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विभाजनले सुरक्षा चुनौति फेरिएको विश्लेषण सुरक्षा अधिकृतहरुको छ । सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको निर्णय अनुसार सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्र छुट्टयाइने गृहका अधिकारीहरु बताउँछन् ।

गृह मन्त्रालयका अनुसार सामान्य मतदान स्थलमा यसअघि सशस्त्र प्रहरी ३ जना, नेपाल प्रहरीका ४ जना र म्यादी प्रहरी ५ जना खटिने गरेका थिए । त्यस्तै, संवेदनशील निर्वाचन केन्द्रमा ७ सशस्त्र, ८ जनपथ र १० जना म्यादी प्रहरी खटिएका थिए । अति संवेदनशीलतामा प्रकृति अनुसार सुरक्षा तैनाथी धेरथोर हुने गरेका थिए ।

सशस्त्र प्रहरी बलले भने चुनावमा हुनसक्ने खर्चको टुंगो लगाइसकेको छैन । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले अनलाइनखबरसँग भने, ‘यो विषयमा छलफल चलिरहेको छ, सकिएको छैन ।’ साभार अनलाइनबाट लिएको हो ।


६ माघ २०७७, मंगलवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु