धनगढीस्थित हुलाकी सडकखण्डमा एकजना मृत फेला
हुलाकी सडकखण्ड अन्तर्गत धनगढीको मनहेरामा एकजना मृत भेटिएका छन्।
बिहीबार बिहान मनहेरास्थित सडकखण्डमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए। मृतकको परिचय भने खुलेको छैन।
पुरुषको शवसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
उनको दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
१ माघ २०७७, बिहीवार ०९:१० बजे प्रकाशित






























