त्रिभुवन विमानस्थलबाट पेस्तोलमा गोलीसहित एकजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको भद्रपुर जान लागेका झापा मेचीनगरका २० वर्षीय बद्रिहाङ राईलाई गोलीसहित विमानस्थल सुरक्षामा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
प्रहरीले सुरक्षा जाँचका क्रममा उनको झोलाबाट ९ एमएमको पेस्तोलमा लाग्ने गोली बरामद् गरेको थियो। राई आमासहित उड्ने श्रीएअरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका थिए।
थप अनुसन्धानका लागि आमासहित राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको त्रिभुवन विमानस्थल प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताए।
२० पुस २०७७, सोमवार १३:५४ बजे प्रकाशित































