लाइसेन्सको अनलाइन फारम फेरि बन्द
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुनः बन्द गरिएको छ ।
सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको जनाएको हो । फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।
चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।
लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ ।
२० पुस २०७७, सोमवार १३:२३ बजे प्रकाशित































