punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

Chaupati
safha napa

सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिस डाँडामा सुरु भएको छ ।

समूहका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा १२ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको एक नेताले बताए ।

आइतवार बसेको बैठकले गरेका निर्णयहरुमा थप छलफल गर्न आज बैठक बसेको हो । प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि भारततर्फ गएका छन् । प्रचण्डको अनुपस्थितीमा नेपालको एकल अध्यक्षतामा बैठक बसेको हो ।

आइतवारको बैठकमा एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजनका बारेमा छलफल गरिनेछ । यी काम पूरा गर्न नेता नेपालको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ ।


२० पुस २०७७, सोमवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु